global ime bank Long Banner Ad

गृहपृष्ठ भुजुङ हाइड्रोपावरको बिक्रि प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावरको बिक्रि प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावरको बिक्रि प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावर लिमिटेडले प्रतिशेयर १०० रूपैयाँ अंकित दरले ५ पाँच ८५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका कार्यकारी सञ्चालक खेमराज जोशी र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

हाल भुजुङ हाइड्रोपावरको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट (UMHPP) विकास गरिरहेको छ ।

आयोजनाको कुल लागत ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५% अर्थात ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

यो आयोजना नेपालको लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु