global ime bank Long Banner Ad

गृहपृष्ठ ‘राष्ट्रपतिलाई संविधान उलंघन गर्ने छुट छैन’

‘राष्ट्रपतिलाई संविधान उलंघन गर्ने छुट छैन’

‘राष्ट्रपतिलाई संविधान उलंघन गर्ने छुट छैन’

माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने छुट नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको दाबी गरेका छन् । उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक बारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘म स्वयंले पनि राष्ट्रियसभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो । हाम्रा विचारहरू राष्ट्रपतिले सरोकर देखाउनु भएका कतिपय विचारसंग पनि मेल खान्छन् ।’

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु