गृहपृष्ठ बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु
बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु
बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याकंअनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एकजना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए ।
यसैगरी, प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगु बिरामी फेला परेका छन् ।
यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार ८ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रकाशित समय : १४:०६ बजे



















