global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ फलफूल तथा तरकारी भाउ थाहा पाउनुहोस्

फलफूल तथा तरकारी भाउ थाहा पाउनुहोस्

फलफूल तथा तरकारी भाउ थाहा पाउनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आलुलगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ ।

आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ । मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर ६५ रुपैयाँ ६७ पैसा, २७३ रुपैयाँ ३३ पैसा रहेको कागती बढेर २७६ रुपैयाँ ६७ पैसा पुगेको छ ।

त्यस्तै, यसअघिको तुलनामा खुर्सानीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको खुर्सानी आज घटेर ५५ रुपैयाँ कायम भएको हो । त्यस्तै, घिउ सिमी र घिरौलाको भाउ पनि घटेको छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल सिमी घटेर ७५ रुपैयाँ, हाइब्रीड सिमी १० रुपैयाँ घटेर ८५ रुपैयाँ र ८५ रुपैयाँ रहेको घिरौला घटेर ७५ रुपैयाँ रहेको छ ।

यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको टाटे सिमीको भाउ घटेर आज ९५ रुपैयाँ कायम भएको छ भने ७५ रुपैयाँ रहेको परवर घटेर ५५ रुपैयाँ, ११५ रुपैयाँ रहेको हरियो प्याज ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ रहेकोमा आज घटेर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमासकोशा आज घटेर ७५ रुपैयाँ, यसअघि ४२ रुपैयाँ ३३ पैसा रहेको डल्लो भन्टा आज बढेर ४५ रुपैयाँ, ४५ रुपैयाँ रहेको भिण्डी आज बढेर ५५ रुपैयाँ, २१० रुपैयाँ रहेको भुई कटहर २१० रुपैयाँ रहेकोमा आज बढेर २२० रुपैयाँ पुगेको छ ।

सुकेको लसुनको भाउ पनि आज घटेको छ । यसअघि प्रतिकेजी २०५ रुपैयाँ रहेको लसुन आज घटेर आज १९५ रुपैयाँ, ३७ रुपैयाँ ६७ पैसा रहेको हाइब्रीड मूला ३५ रुपैयाँ रहेको छ भने यसअघि प्रतिकेजी २२६ रुपैयाँ ६७ पैसा रहेको हरियो धनिया आज घटेर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु