global ime bank Long Banner Ad

गृहपृष्ठ ‘के घर के डेरा’को टिजर सार्वजनिक (भिडियो)

‘के घर के डेरा’को टिजर सार्वजनिक (भिडियो)

‘के घर के डेरा’को टिजर सार्वजनिक (भिडियो)

फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेकाे संघर्ष देख्न सकिन्छ ।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा महेश दवाडीको पटकथा र संवाद रहेकाे छ भने दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । यो फिल्म कात्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ ।

भिडियो :

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु