nmb bank

गृहपृष्ठ युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार गाडी दुर्घटना

युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार गाडी दुर्घटना

युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार गाडी दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ ।

बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बीबीसीले जनाएको छ ।

राजधानी किएभमा भएको दुर्घटनमा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन ।

‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन् ।

राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन् । उनी अस्पतालमा उपचाररत छन् ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु