गृहपृष्ठ वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?
वैदेशिक रोजगारीमा कुन वर्ष कति जनाले ज्यान गुमाए ?
रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ । वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९ सय ३२ जनाको मृत्यु भएको छ ।
उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका १ हजार ४ सय ७९ जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०६६/६७ यो संख्या ४ सय २१ रहेको थियो ।
वोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५ सय ६४ जना, २०६८/६९ मा ६ सय ४७ जना, २०६९/७० मा ७ सय ७२ जना, २०७०/७१ मा ८ सय ७७ जना, २०७१/७२ मा १ हजार ६ जना र २०७२/७३ मा ८ सय २६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७ सय ५८ जना, २०७४/७५ मा ८ सय २६ जना, २०७५/७६ मा ७खसय ६३ जना, २०७६/७७ मा ६ सय ७२ जना, २०७७/७८ मा १ हजार २ सय ४३ जना र २०७८/७९ मा १ हजार ४ सय ७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।
प्रकाशित समय : १२:४० बजे



















