nmb bank

गृहपृष्ठ ट्राफिक प्रहरी विशेष चेकिङ : २३ जना विद्यार्थी चालक कारबाहीमा

ट्राफिक प्रहरी विशेष चेकिङ : २३ जना विद्यार्थी चालक कारबाहीमा

ट्राफिक प्रहरी विशेष चेकिङ : २३ जना विद्यार्थी चालक कारबाहीमा

स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत आज २३ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका छन् ।

त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोटरसाईकल चलाउने २ जना पनि कारबाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु