global ime bank Long Banner Ad

गृहपृष्ठ २०औँ पटक सत्याग्रह बस्दै डा.केसी

२०औँ पटक सत्याग्रह बस्दै डा.केसी

२०औँ पटक सत्याग्रह बस्दै डा.केसी

गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै डा.गोविन्द केसी सत्याग्रह बस्ने भएका छन् ।

सोमबार धनगढी पुगेर डा.केसीले सत्याग्रह सुरू गर्ने भएका हुन् । उनले सोमबार साँझ ५ बजेदेखि सत्याग्रह सुरू गर्ने तयारी गरेका छन् ।

६ बुँदे माग राखेका डा.केसीको दुई नम्बरमा आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

डा.केसीले यसअघि भदौ १२ देखि आफ्नो २०औँ सत्याग्रह घोषणा गरेका थिए । सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेको भन्दै दुई साता सारेका थिए ।

केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउन माग गरेका छन् ।

त्यसैगरी, जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने उनको माग छ ।

केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन् ।

राजनीतिक दलले सार्वजनिक स्वास्थ्य संस्था आफ्ना अयोग्य कार्यकर्ता भर्ती केन्द्र बनाएकाले गरिब र निमुखा उपचारबाट बञ्चित भएको उनको भनाइ छ ।

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु