global ime bank Long Banner Ad

गृहपृष्ठ बालुटावारमा गठबन्धनको बैठक जारी

बालुटावारमा गठबन्धनको बैठक जारी

बालुटावारमा गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।

आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए ।

जारी बैठक सिट बाँडफाँटमा केन्द्रित रहेको छ । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँडफाँट गर्ने भएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु