गृहपृष्ठ समृद्धि फाइनान्सको नयाँ शाखा बनेपामा सञ्चालन
समृद्धि फाइनान्सको नयाँ शाखा बनेपामा सञ्चालन
समृद्धि फाइनान्सको नयाँ शाखा बनेपास्थित सञ्चालनमा आएको छ । कम्पनीले आफ्नो सातौ शाखा सञ्चालनमा ल्याएको हो ।
बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।
कम्पनीले मुद्धति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै कम्पनीले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय : ११:५५ बजे