global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सिक्लेस हाइड्रोपावरको बुधबारदेखि आइपीओ खुला हुने

सिक्लेस हाइड्रोपावरको बुधबारदेखि आइपीओ खुला हुने

सिक्लेस हाइड्रोपावरको बुधबारदेखि आइपीओ खुला हुने

सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १२ असोजेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु