सुनचाँदीको मूल्य स्थिर
वि.सं.२०७९ भदौ २६ आइतवार ११:३४
shares

आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनकाे प्रतितोला मूल्य ९३ हजार नौ सय रुपैयाँ रहेकाे छ ।
त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
























