पशुपतिमा पिण्डदान (फोटोफिचर)
वि.सं.२०७९ भदौ २६ आइतवार १०:२६
shares

सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आज आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार)देखि विधिवत् आरम्भ गरिंदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।






























