global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायती महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो । “आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्ण निधन भयो,” प्यालेसले भनेको छ ।

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो । रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् ।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमको भनाइ छ । त्यस्तै, राष्ट्रिय शोकको अवधि पनि सुरू भएको छ । करिब १० दिनमा उनको संस्कार गरिने छ ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ । उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ ।

एलिजाबेथ अलेक्जेन्ड्र मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रूपमा जन्मेकी थिइन् । त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन् । किनभने उनी रोलक्रममा आफ्नो बुबा र काका पछि तेस्रो स्थानमा थिइन् ।

१९४७ मा उनले राजकुमार फिलिपसँग विवाह गरिन् । जो युद्धको समयमा उनका प्रेमी थिए । उनको २०२१ मा निधन भयो ।

१९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन् । राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्यभिषेक समारोह आयोजना गरिएको थियो ।

उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर इन चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख पनि थिइन् । अब ती सबै पदवी स्वतः उनको छोरामा सर्ने छ ।

उनका ४ छोराछोरी, ७ नातानातिना र १२ पनातिपनातिनी छन् ।

रानी एलिजाबेथको शासनकालमा १५ जना अलग–अलग प्रधानमन्त्री बने । जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन् ।

२०१५ मा उनकी जिजुबजु महारानी भिक्टोरियालाई उछिन्दै उनी बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन् ।

रानी एलिजाबेथ विसं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । तत्कालीन राजा महेन्द्रले देशको पञ्चायती व्यवस्था लागु गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो ।

उनको सो भ्रमणले विशेष चर्चा पाएको थियो । उनले नेपालप्रति विशेष चासो राख्ने गरेको कूटनीतिज्ञहरू बताउँछन् ।

प्रकाशित समय : ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु