गृहपृष्ठ दराजको पहिलो ‘मेगा इभेन्ट’मा मनोरञ्जनात्मक प्रस्तुति हुने
दराजको पहिलो ‘मेगा इभेन्ट’मा मनोरञ्जनात्मक प्रस्तुति हुने
अनलाइन बजार दराजले आफ्नो पहिलो ‘दराज महोत्सव’ घोषणा गरेको छ । भृकुटीमण्डपस्थित गार्डेनमा भदौ २५ गते आयोजना हुने महोत्सवको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसँग प्रगाढ सम्बन्ध कायम गर्नु रहेको कम्पनीले जनाएको छ ।
महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ ।
दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भनिन्, ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौं । र, यो महोत्सव पनि अपवाद छैन ।’ दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस् भन्ने कम्पनीकाे सुरुदेखिकै मनसाय रहेको उनले बताइन् । ‘यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरी विभिन्न गतिविधि समेट्ने प्रयास गरेको छ,’ उनले भनिन्, ‘धेरैभन्दा धेरै ग्राहकहरुको उपस्थितिको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौं । यति भन्दैमा हामी आशावादी र उत्साहित छौं कि तपाईंहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।’
दराजका अनुसार महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।
प्रकाशित समय : १६:२३ बजे



















