गृहपृष्ठ थप २२७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
थप २२७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् ।
कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो ।
सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।
प्रकाशित समय : १६:५१ बजे



















