global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कांग्रेस जनतामाझ जान पनि अंशबन्डा गरिरहेको छ’

‘कांग्रेस जनतामाझ जान पनि अंशबन्डा गरिरहेको छ’

‘कांग्रेस जनतामाझ जान पनि अंशबन्डा गरिरहेको छ’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनतामाझ जान कांग्रेसले अंशबन्डा गरिरहेको टिप्पणी गरेका छन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेकोतर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।

काठमाडौं बिहीबार आयोजित बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता महापुरुषको नाम सुन्दै गदगद भइने कांग्रेस अहिले त्यस्तो पुर्खा भएर पनि जनातमाझ जान अंशबण्डा गरिरहेको बताए ।

कांग्रेसको अहिलेको अवस्थालाई ‘राम-राम’ भन्ने बेला भइसकेको भन्दै उनले कटाक्ष गरे, ‘जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । कांग्रेसको बारेमा राम-राम भन्ने बेला भइसकेको छ ।’ जनतामाझ जान अंशबन्डा गर्नु लज्जाको विषय भएको डा. यादवको भनाइ छ ।

कांग्रेसभित्र विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेसका तत्कालीन नेता रहेका उनी पहिलो जननिर्वाचित राष्ट्रपति हुन् ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु