global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारीमा प्रहरी

सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारीमा प्रहरी

सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारीमा प्रहरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । बलात्कारकाे आराेप लागेका लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले बिहीबार अनुमति दिएकाे एक उच्च प्रहरी अधिकृतले बताए ।

लामिछोनेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले बुधबार अदालतसँग अनुमति मागेको थियो । अदालती प्रक्रियाका कारण ढिलाइ हुँदा बुधबार पक्राउका लागि अनुमति प्राप्त भएकाे थिएन ।

अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । उनी हाल देशबाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु