गृहपृष्ठ यू–१६ टिमको प्रशिक्षकमा भगवती नियुक्त

यू–१६ टिमको प्रशिक्षकमा भगवती नियुक्त

यू–१६ टिमको प्रशिक्षकमा भगवती नियुक्त

यू–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षकसमेत रहेकी भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि जिम्मेवारी सुम्पिएको हो ।

उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिएकी हुन् ।

प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदै छ । यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाएका छन् ।

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु