global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच सहकार्य

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच सहकार्य

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच सहकार्य

माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ पार्टनर हुनेछ ।

फुडमाण्डुका अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकका चिफ बिजनेश अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गरे ।

यसका साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्टमार्फत खाना अर्डर गरी अनलाइन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत (बढीमा ३०० रूपैयाँ) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैकले आउँदै गरेको दसैं तिहार, एवं छठ पर्वको अवसरलाई ध्यानमा राखी ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ । बैंकले देशभर रहेका विभिन्न संघ-संस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा तथा २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु