गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहमाथि पक्राउ पुर्जी जारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण साहमाथि पक्राउ पुर्जी जारी
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।
उनीमाथि उपचारका क्रममा बाल हिंसा गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालयले जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।
एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लाको युकेजीमा अध्ययनरत छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारका क्रममा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गराएकी थिइन् ।
अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उनले बताए ।
प्रकाशित समय : १०:१७ बजे



















