गृहपृष्ठ ६ वटा मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको अनुमति दर्ता प्रमाणपत्र
६ वटा मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको अनुमति दर्ता प्रमाणपत्र

नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैंकरलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति दर्ता प्रमाणपत्र दिएकाे छ ।
बाेर्डले प्रभु क्यापिटलसहित एनआइबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेण्ट क्यापिटल, एनआइसी एसिया क्यापिटलसहित ६ वटा क्यापिटललाई अनुमति दर्ता प्रमाणपत्र दिएकाे हाे । आइतबारका बोर्डमा एक कार्यक्रमको आयोजना गरी ६ वटा मर्चेन्ट बैंकरलाई बाेर्डले अनुमतिपत्र हस्तान्तरण गरिएकाे हाे ।
एसआइएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृतिसँगै क्यापिटलहरुलाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ ।
यसअघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डले हालसम्म जम्मा ८ वटा संस्थालाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमति दर्ता प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
प्रकाशित समय : १७:२४ बजे