global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट सिफारिस

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट सिफारिस

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट सिफारिस

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

पार्टीको तनहुँ जिल्ला कार्य समितिको आइतबार बसेको बैठकले उनलाई सो स्थानबाट उम्मेदवार सिफारिस गरेको हो । यस्तै, सोही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शंकर भण्डारीलाई पनि सिफारिस गरिएको सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

यसैगरी, समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का सिफारिस भएका छन् ।

क्षेत्र नम्बर १ प्रदेश ‘क’तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोबाटे विक, पूर्णबहादुर गुरूङ, सहदेव अधिकारी र शंकर पौडेलको नाम सिफारिस गरिएको छ ।

प्रदेश ‘ख’तर्फ डम्बरबहादुर अधिकारी, दिपक भट्टराई, रामचन्द्र अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ ।

तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् ।

प्रदेश ‘क’ प्रत्यक्षमा प्राडा कृष्णप्रसाद गौतम, किसान गुरूङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा.शेषरमण न्यौपाने र यामबहादुर खाण ठकुरी सिफारिस भएका छन् ।

प्रदेश ‘ख’तर्फ मिलन आले, चुडामणि खनाल, मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस भएका छन् ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु