global ime bank Long Banner Ad

गृहपृष्ठ सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौँ महानगरको पत्र

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौँ महानगरको पत्र

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौँ महानगरको पत्र

 

काठमाडौँ महानगरपालिकाले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोहीअनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनोहरूले २०७५/७६ देखि कर तिरेका छैनन् ।

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल,म्यारियट, क्यासिनो प्यालेस, अन्नपूर्ण होटल, क्यासिनो याट, र्‍याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, हायत होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिने, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् ।

सात दिनभित्र कर नतिरे महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु