global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूको कारोबार मास्टरकार्डबाट गर्न सकिने

बैंक अफ काठमाण्डूको कारोबार मास्टरकार्डबाट गर्न सकिने

बैंक अफ काठमाण्डूको कारोबार मास्टरकार्डबाट गर्न सकिने

बैंक अफ काठमाण्डूले मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पिओएसहरुमा भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब उपरान्त बैंकको जुनसुकै एटीएम तथा बैंकका पिओएस मर्चेन्टहरुमार्फत सहजै कारोबार गर्न सक्नेछन् ।

बैंकको एटीएम तथा पिओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरु प्रयोग गरि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

साथै, उक्त सम्झौैता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्ना ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने पनि जानकारी गराएको छ ।

अब उपरान्त मास्टरकार्डबाहक ग्राहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटीएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटलगायत अन्य धेरै स्थानहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने बैंकको भनाइ छ ।

हालसम्म बैंकले १०३ शाखा, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु