गृहपृष्ठ दिनहुँ घट्दै सुनको मूल्य, आज कतिमा भइरहेकाे छ काराेबार ?
दिनहुँ घट्दै सुनको मूल्य, आज कतिमा भइरहेकाे छ काराेबार ?
नेपाली बजारमा केही दिनयता सुनकाे मूल्य लगातार घटिरहेकाे छ । बिहीबार पनि सुन-चाँदीको मूल्यमा गिरावट आएको छ ।
गत मंगलबार आंशिक वृद्धि भए पनि पछिल्लाे एक हप्तायता सुनकाे मूल्य घट्ने क्रम राेकिएकाे छैन । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।
प्रकाशित समय : ११:४२ बजे



















