global ime bank Long Banner Ad

गृहपृष्ठ कालोबजारीको लागि राखेका मलखादसहित एक पक्राउ

कालोबजारीको लागि राखेका मलखादसहित एक पक्राउ

कालोबजारीको लागि राखेका मलखादसहित एक पक्राउ

कालोबजारीको लागि राखेका मलखादसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २ सय ९ बोरा मलखादसहित कलैया उपमहानगरपालिका-२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषी सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारी संस्थाले कृषकहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि नेपाल सरकारबाट अनुदानमा खरिद गरी ल्याएको मलखादहरू बढी मुनाफा लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

साथै, उक्त सहकारी संस्था तलासी गर्दा डिएपी मल १ सय १८ बोरा र खुल्ला २७ किलोग्राम, युरीया मल २९ बोरा र खुल्ला ३८ किलोग्राम, पोटास मल ६१ बोरा र खुल्ला २७ किलोग्राम र खेती शक्ति मल लेखिएको फसफेट १ बोरा फेला परेको थियो ।

उनी माथि कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु