global ime bank Long Banner Ad

गृहपृष्ठ सालकको खपेटासहित २ जना पक्राउ

सालकको खपेटासहित २ जना पक्राउ

सालकको खपेटासहित २ जना पक्राउ

टोखा नगरपालिका-९ गोगंबुस्थित शिवमन्दिर नजिकबाट दुर्लभ वन्यजन्तु सालकको २ किलो ५ सय ग्राम खपेटासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर चौडन्डिगढी नगरपालिका-८ घर भई काठमाडौं रानीवन बस्ने ३२ वर्षीय तुल बहादुर मगर र काभ्रे घर भई काठमाडौं स्वयम्भू बस्ने ४१ वर्षीय टासी तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु