गृहपृष्ठ सडकमा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध
सडकमा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध
फाइल तस्वीर
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।
ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीको भनाइ छ ।
क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउने बताइएको छ ।
प्रकाशित समय : ०९:१० बजे



















