गृहपृष्ठ प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’मा महिलालाई विशेष छुट
प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’मा महिलालाई विशेष छुट
प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’मा (पीएमएस) सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।
‘यो तीजमा प्रभु क्यापिटलको उपहार, वार्षिक सेवा शुल्क (एएमसी)मा छुटको बहार’ भन्ने नारासाथ सुरु हुने यो अफर यही भदाै १४ गते हरितालिका तीजका दिनदेखि ३१ भदाैसम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आवद्ध हुने दिदीबहिनीहरुले एक वर्षका लागि एएमसीमा १०० प्रतिशत नै छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो ।सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सवल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक वर्षअघि तीजकै अवसर पारी सञ्चालनमा ल्याइएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम ३ लाख रूपैयााबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्छन् ।
क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका सेवाग्राहीहरुले अन्य पीएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको ‘डिजिटल एप’मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलको एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले लिंक र आइओएस प्रयोगकर्ताले लिंक क्लिक गरी डाउनलोड गर्न सकिन्छ ।
प्रकाशित समय : १२:५१ बजे



















