global ime bank Long Banner Ad

गृहपृष्ठ आफूसहित पदाधिकारीका लागि उपकुलपतिले सरकारसँग मागे सुरक्षाकर्मी

आफूसहित पदाधिकारीका लागि उपकुलपतिले सरकारसँग मागे सुरक्षाकर्मी

आफूसहित पदाधिकारीका लागि उपकुलपतिले सरकारसँग मागे सुरक्षाकर्मी

त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक्षी एमालेले सरकारको ध्यानाकर्षण गराउँदै सभामुखबाट रुलिङ माग गरेको थियो ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिविमा पठनपाठनको वातावरण तहसनहस पारेको भन्दै एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएपछि सभामुख सापकोटाले सरकारका नाममा निर्देशन जारी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुखले त्रिविमा भइरहेका तालाबन्दी र विरोधका कार्यक्रमले पठनपाठन अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै रुलिङ गरेका थिए । ‘त्रिविमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु,’ सभामुख सापकोटाले भनेका थिए ।
संसद् बैठक सुरु हुनेबित्तिकै एमालेले समय मागेर त्रिविको विषय उठान गरेको थियो ।

एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले सरकार संरक्षित अराजकता त्रिविमा भइरहेको भन्दै सभामुखबाट रुलिङ माग गरेका थिए । ‘गएको तीन वर्षमा तीन सय दिनभन्दा बढी विश्वविद्यालय बन्द गरिएको छ, ताला लगाइएको छ ।

सत्तानिकटका विद्यार्थी संगठनको नेतृत्वमा ताला लगाइएको छ,’ उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको प्रसङ्ग उल्लेख गर्दै ज्ञवालीले भने, ‘पढाउन कक्षा कोठातिर हिँडिरहेका प्राध्यापकहरूमाथि सांघातिक आक्रमण भएपछि र त्यसरी आक्रमण गर्नेहरूलाई मुद्दा नचलाइएपछि या चलाइएको मुद्दा पनि फिर्ता लिने अवस्था भइसकेपछि विश्वविद्यालय कसरी चल्छ ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ?’ प्रहरीको संरक्षणमा नेविसंघमा आबद्ध विद्यार्थीका साथै उपप्राध्यापकमाथि आक्रमण गर्नेहरूले विश्वविद्यालय, पदाधिकारी कार्यकक्षमा तालाबन्दी र तोडफोड गरेको उनको भनाइ थियो ।

प्रकाशित समय : ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु