global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

सेयर बजार परिसूचक नेप्सेमा आज झिनाे अंककाे सुधार आएकाे छ । सोमबार नेप्से ३.७६ अंकले बढेकाे हाे । यद्यपि नेप्से अझै २ हजार अंकभन्दा तल नै छ । सेन्सिटिभ सूचक पनि आज १.७७ अंकले बढेको छ ।

आइतबार नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा कायम भएकाे थियाे । त्यस दिन २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ कराेड ९७ लाख रुपैयाँमाथिको कारोबार भएकाे थियाे ।

आज भने काराेबार रकम खुम्चिएकाे छ । १ अर्ब २६ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।  आज बजारमा २२२ कम्पनीको ३४ लाख कित्ता सेयर २६ हजार २४ पटक खरिदबिक्री भए ।

सोमबार वाणिज्य बैंक, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र लगानी समूहको सूचक झरेका छन् भने अन्य समूहको बढेका छन् । आज विन लघुवित्तका लगानीकर्ताले ७.४८ प्रतिशत आम्दानी गरेका छन् । गुमाउने लगानीकर्ताले आज ५.७० प्रतिशतसम्म गुमाउनुपरेको छ । दोस्रो कारोबार दिन नेपाल टेलिकमको ११ करोडको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु