nmb bank

गृहपृष्ठ मोहना नदीमा बाढी बढेसँगै सर्तकता अपनाउन आग्रह

मोहना नदीमा बाढी बढेसँगै सर्तकता अपनाउन आग्रह

मोहना नदीमा बाढी बढेसँगै सर्तकता अपनाउन आग्रह

कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ ।

आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

नदीमा पानीको सतह खतराभन्दा धेरैमाथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३.६ मिटर पुगेपछि खतरा मानिँदै आएकोमा आज बिहानसम्म बढेर ३.१५ मिटर पुगेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि अविरल वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटियालगायत साना खोलामा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुनसक्ने भएकाले सतर्क रहन विभागले जनाएको छ ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु