गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से, अधिकांश सूचक राताम्य
दोहोरो अंकले घट्यो नेप्से, अधिकांश सूचक राताम्य
साताको पहिलो दिन आज सेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा कायम हुन पुगेको छ ।
यस्तै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ६.०५ अंकले घटेर ३८५.७० अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ५ कराेड ९७ लाख रुपैयाँमाथिको कारोबार भएकाे छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूहबाहेक सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज हाइड्रोपावर सूचक र फाइनान्स सूचक ३ प्रतिशतभन्दा माथिले खस्किन पुगेको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.५९ अंकले, माइक्रोफाइनान्स समूह २.२५ प्रतिशतले, ट्रेडिङ २.५ प्रतिशत र निर्जीवन बिमा समूह २.०४ प्रतिशतले घटेको छ । म्युचुअल फन्डको उपसूचक भने ०.५३ प्रतिशतले बढेको छ । ३४ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक गुमाउनेहरू :

प्रकाशित समय : १५:३० बजे


















