गोडरेजको ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक
वि.सं.२०७९ भदौ ११ शनिवार २०:०४
shares

६४ वर्षको इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो दसैं-तिहारलाई लक्षित गरी गोडरेजको ‘क्यास सर्प्राइज’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरुले यो योजनाको लाभ भदाै ९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभर उठाउन सक्नेछन् ।
ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सकिने छ । फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ । सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ । त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाइरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
साथै एसीमा आकर्षक छुट र ४ हजार रूपैयाँ बराबरको नि:शुल्क एसी जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
नेपाल अधिराज्यभर गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
























