गृहपृष्ठ मदन पुरस्कार ‘अग्नि’लाई, जगदम्बाश्री श्रेष्ठलाई
मदन पुरस्कार ‘अग्नि’लाई, जगदम्बाश्री श्रेष्ठलाई
यो वर्षको जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । यस्तै, यो वर्षको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लागि डा. नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।
मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत- नेपाल शब्दकोश, सती: इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए ।

प्रकाशित समय : २०:१६ बजे





















