global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना

सानिमा बैंकको बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना

सानिमा बैंकको बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।

सानिमा बैंकले एक विज्ञप्ति जारी गर्दै बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको जानकारी दिएको हो ।

उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सानिमा बैंकको डेविट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान)बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताएका छन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ भाद्र ११ गते मात्र लागु हुने बैंकले जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु