nmb bank

गृहपृष्ठ ट्राफिक प्रहरी विशेष चेकिङ : ४४ जना विद्यार्थीसहित ४ सय १८ जना चालक कारबाहीमा

ट्राफिक प्रहरी विशेष चेकिङ : ४४ जना विद्यार्थीसहित ४ सय १८ जना चालक कारबाहीमा

ट्राफिक प्रहरी विशेष चेकिङ : ४४ जना विद्यार्थीसहित ४ सय १८ जना चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियान अन्तर्गत आज ४ सय १८ जना चालक कारबाहीमा परेका छन् ।

जसअन्तर्गत ट्राफिक नियम उल्लघंन गर्ने ४४ जना विद्यार्थी चालक कारबाहीमा परेका छन् । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तिब्र गतिमा सवारी साधन चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य सवारी साधनका ३ सय ७४ जना चालक पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु