गृहपृष्ठ यी हुन् एसिया कप खेल्ने टोली
यी हुन् एसिया कप खेल्ने टोली
मिनी विश्वकप भनेर चिनिने एसिया कप भदौ ११ गते (२७ अगस्ट) देखि सुरू हुँदै छ । युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजना हुने १५औँ संस्करणको एसिया कपमा ६ वटा टोली सहभागी हुने छन् । प्रतियोगिता दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र सारजाह क्रिकेट स्टेडियमा हुने छ । टी–२० प्रारूपमा खेलाइले प्रतियोगितमा १३ वटा खेल हुने छ ।
प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान र हङकङ छ भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
सन् २०१६ देखि टी–२० र एकदिवसीय प्रारुपमा खेलाउन सुरू गरिएको प्रतियोगिता भारतले हालसम्म सर्वाधिक ७ पटक जितेको छ भने श्रीलंका ५ तथा पाकिस्तान दुईपटक च्याम्पियन बनेको छ । आइसीसीको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान र बंगलादेशले भने यो उपाधि जित्न सकेको छैन ।
प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र अगानिस्तान भिड्ने छन् भने दोस्रो दिन (२८ अगस्ट)मा चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुने छन् । दुई टोलीबीचको खेललाई प्रतिष्ठासँग जोडेर समेत हेर्ने गरिएको छ ।
फाइनल खेल भदौ २६ (११ सेप्टेम्बर)मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।
हालसम्म एसियाकप जित्ने टोली तथा कप्तान
१. १९८४ भारत– सुनिल गवास्कर
२. १९८६ श्रीलंका– दुलीप मेन्डिस
३. १९८८ भारत– दिलिप वेंगसरकर
४. १९९०/९१ भारत– मोहम्मद अजहरूद्दीन
५. १९९५ भारत– मोहम्मद अजहरूद्दीन
६. १९९७ श्रीलंका– अर्जुन रणतुंगा
७. २००० पाकिस्तान– मोइन खान
८. २००४ श्रीलंका– मारवान अटापट्टु
९. २००८ श्रीलंका– महेला जयवर्दने
१०. २०१० भारत– महेन्द्रसिंह धोनी
११. २०१२ पाकिस्तान– मिस्बाह उल हक
१२. २०१४ श्रीलंका– एन्जेलो म्याथुज
१३. २०१६ भारत– महेन्द्रसिंह धोनी
१४. २०१८ भारत– रोहित शर्मा
भारत

भारतीय टोलीकाे बलियाे पक्ष
एसिया कपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले रोहित शर्माको कप्तानीमा बलियो टोलीको घोषणा गरेका छ । रोहित शर्माको कप्तानीमा भारतले सन् २०१८ मा आयोजना भएको एसिया कप जितेको छ । शर्मासँग क्रिकेटको छोटो स्वरूप टी–२० क्रिकेटमा लामो समय कप्तानी गरेको अनुभव छ । उनको कप्तानीमा इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बइ इन्डियन्सले सर्वाधिक पाँच पटक जितेको छ ।
सात पटकको च्याम्पियन भारतीय टोलीमा पूर्वकप्तान विराट कोहली, हार्दिक पाण्ड्या, सूयकुमार यादव, रिषभ पन्त, रविन्द्र जडेजा, दिनेश कार्तिकजस्ता हार्ड हिटर समावेश छन् । यस्तै, बलरमा अर्शदीप सिंह, भुवनेश्वर कुमार, युजवेन्द्र चाहल छन् ।
कमजोर पक्ष
बलियो टोली घोषणा गरेको टोलीमा कप्तान रोहित शर्मा र विराट कोहली खराव फर्मबाट गुज्रिएका छन् । रोहित शर्माले आइपीएल सकिएपछि एकमात्र अन्तर्राष्टिय टी–२० खेलेका छन् । इंग्ल्यान्डविरूद्ध खेलेका उनले १४ बलमा २४ रन बनाए थिए । आइपीएलमा शर्माले १९.१४ को औसतमा २६८ रन बनाएका थिए ।
यस्तै, कोहली पनि खराब फर्मबाट गुज्रिएका छन् । उनको ब्याटबाट विगत तीन वर्षयता शतक बन्न सकेको छैन । कोहलीले पछिल्लो १० टी–२० मा ४३.८५ को औसतमा ३०७ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा भने दुई खेलमा मात्र १२ रन बनाएका छन् । कप्तान शर्मा र कोहलीको खराब फर्म भारतका लागि टाउको दुःखाइ बनेको छ ।
यसैगरी, भारतका प्रमुख बलर जस्प्रित बुम्राह पनि टोलीमा समावेश छैनन् । उनी चोटका कारण टोलीबाहिर छन् । जसको फाइदा विपक्षी टिमलाई मिल्ने छ ।
भारतीय टिम
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, रिषभ पन्त, सूर्यकुमार यादव, दिपक हुड्डा, हार्दिक पाण्ड्या, दिनेश कार्तिक, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, रवि बिस्नोइ, अवेश खान, भुवनेश्वर कुमार, अर्शदीप सिंह, युजवेन्द्र चाहल ।
श्रीलंका

एसिया कपमा भारतपछि सबैभन्दा सफल टोली हो श्रीलंका । उसले हालसम्म पाँचपटक (१९८६, १९९७, २००४, २००८, २०१४) उपाधि चुमेको छ । एक समय सनथ जयसूर्य, चामिन्दा भास, माहेला जयवर्दने, कुमार सांगाकारा, मुथैया मुरलीधरनजस्ता विश्वस्तरीय खेलाडी रहेको टोली अहिले कमजोर अवस्थामा पुगेको छ ।
यसपटकको एसियाकपमा श्रीलंकाले दासुन सानक, चरित असालान्का, असिन बन्दरा, दिनेश चण्डिमल, धनन्जय डी सिल्भा, कुशल मेन्डिसलगायत ब्याटरको भर पर्नु पर्ने छ भने बनिन्डु असरंग, असिथ फर्नान्डा, माथीशा पाथिराना, नुवान तुसाराजस्ता बलर छन् ।
श्रीलंका टिम
दासुन सानक (कप्तान) चरित असालान्का (उपकप्तान), असिन बन्दरा, दिनेश चण्डिमल, धनन्जय डी सिल्भा, असिथ फर्नान्डो, नुवान्डिु फर्नान्डो, दनुष्का गुनाथिलका, वनिन्डु हसरंग, प्रवीण जयविक्रमा, चामिका करूरत्ने, प्रमोद मदुसन, दिल्सान मदुसनक, कुसल मेन्डिस, पथुम निसान्क, माथीशा पाथिराना, भनुका राजापक्षे, महेस थेक्षाना, नुवान तुसारा, जेफ्री वान्डरसे ।
पाकिस्तान

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोली एसिया कपको दाबेदार मध्येको एक हो । पाकिस्तानले २ दुईपटक एसिया कपको उपाधि जितेको छ । पाकिस्तानले पछिल्लो पटक सन् २०१२ मा मिस्बाह उल हकको कप्तानीमा एसिया कप जितेको थियो ।
बलियो पक्ष
पाकिस्तानले टी–२० विश्वकपअन्तर्गत सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले हारेयता एक खेलमा मात्र पराजित भएको छ । त्यसपछिको दुई वटा टी–२० श्रृंखला पाकिस्तानले क्लीन स्विप गरेकाले पनि एसिया कप जित्नेमा आत्मविश्वासी बनेको छ ।
यस्तै, पाकिस्तानका कप्तान बाबर आजम अहिले लयमा छन् । उनीसँग टोलीलाई एक्लैले जित दिलाउन सक्ने क्षमता रहेको छ । यसैगरी, टोलीमा शादाब खान, मोहम्मद रिजवान, इफ्तिखार अहमद, अशिफ अली, हैदर अली, फखर जामनजस्ता ब्याटर छन् ।
हरिस रौफले बलिङतर्फको मोर्चा सम्हाल्ने छन् । उनलाई मोहम्मद वसिम, नसीम शाह, शाहनवाज दहानीले साथ दिनेछन् ।
कमजोर पक्ष
पाकिस्तानी टोलीको मुख्य कमजोर पक्षनै ब्याटिङ नचल्नु हो । जुनसुकै टोलीले पनि कम स्कोरमा समेट्न सक्छन् । यस्तै, प्रमुख बलर शाहीन अफ्रिदी टोली बाहिर छन् ।
पाकिस्तानी टिम
बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), इफ्तिखार अहमद, अशिफ अली, हैदर अली, शाहनवाज दहानी, मोहम्मद हस्नेन, मोहम्मद नवाज, उस्मान कादिर, हरिस रौफ, मोहम्मद रिजवान, खुसदिल साह, नसीम साह, मोहम्मद वासिम, फखर जामन
बंगलादेश

१५औँ एसियाकप आयोजना भइरहँदा बंगलादेशले अहिलेसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन । बंगलादेश क्रिकेट बोर्डले अनुभवी अलराउन्डर साकिब अल हसनको कप्तानीमा टोलीको घोषणा गरेको हो । बंगलादेश टोलीसँग टी–२० क्रिकेट लिग खेलेका खेलाडीहरू समावेश छन् ।
अराउन्डर हसनसहित, मुस्ताफिजुर रहमानले आइपीएल पनि खेलेका छन् । बंगलादेशी टोलीमा स्तरीय बलरहरूको संमिश्रण छ ।
बंगलादेश टिम
साकिब अल हसन (कप्तान), नसुम अहमद, तास्किन अहमद, पर्वेज हुसेन इमोन, अनामुल हक, महेदी हसन, मेहिदी हसन, अफिफ हुसेन, इमादत हुसेन, मोसाद्देक हुसेन, महमुदुल्लाह, मोहम्मद नैम, मुस्ताफिजुर रहिम, मुस्ताफिजुर रहमान, सब्बिर रहमान, मोहम्मद सैफुदिन
अफगानिस्तान

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को पूर्ण सदस्य राष्ट्र भइसकेपछि अफगानिस्तानले स्वतः एसिया कप खेल्ने अवसर पाएको छ । यसभन्दा अगाडि अफनास्तिानले पनि एसिया कप छनोट खेल्नुपथ्र्यो । एसिया कपको उपाधि नजिते पनि दाबेदारको रूपमा आफूलाई केही सयदेखि प्रस्तुत गर्दै आइरहेको छ । अफगानिस्ताका खेलाडीसँग आइपीएललगायत विश्वका थुप्रै टी–२० लिग खेलेको अनुभव छ ।
कप्तान मोहम्मद नाबी, राशिद खान, मुजीव उर रहमानसँग अन्य देशका खेलाडीसँग टी–२० लिग खेलेको अनुभव छ ।
अफगानी टिम
मोहम्मद नाबी (कप्तान), नजिबुल्लाह जार्दन (उपकप्तान) फरीम अहमद, नूर अहमद, उस्मान घानी, रहमनुल्लाह गुर्बाज, करिम जनथ, राशिद खान, अजमातुल्लाह उमरजाई, फजलहक फारूकी, हस्मातुल्लाह शाहिदी, सामिउल्लाह सिनवारी, नवीन उल हक, मुजीव उर रहमान, इब्राहिम जाद्रान, अफसर जाजई, हजरतुल्लाह जाजई ।
हङकङ

एसिया कप छनोटअन्तर्गतको खेलमा अपराजित रहँदै हङकङ अघिल्लो चरणमा पुगेको हो । सिंगापुरमाथि ८ रन तथा कुवेतलाई ८ विकेटले हराएको हङकङले आयोजक युएईमाथि पनि ८ विकेटकै जित निकाल्दै एसिया कपमा स्थान पक्का गर्यो ।
हङकङ टिम
निजाकत खान (कप्तान), किञ्चित शाह (उपकप्तान), जिसान अली, हारून अरसद, मोहम्मद गजानफर, बाबा हायत, अफताव हुसेन, अतिक इक्बाल, एजाज खान, एहसान खान, स्कट म्याकेनी, यासिम मुर्तजा, धनन्जय राव, वाजिद शाह, आयुश शुक्ला, आहान त्रिवेदी, मोहम्मद वाहिद ।
समूह चरणको खेल तालिका
२७ अगस्ट श्रीलंका विरूद्ध अफगानिस्तान
२८ अगस्ट भारतविरूद्ध पाकिस्तान
३० अगस्ट बंगलादेश विरूद्ध अफगानिस्तान
३१ अगस्ट भारत विरूद्ध हङकङ
१ सेप्टेम्बर श्रीलंकाविरूद्ध बंगलादेश
२ सेप्टेम्बर पाकिस्तान विरूद्ध हङकङ
प्रकाशित समय : १६:२० बजे





















