काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने

8.04K
shares

सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले निष्कासन गर्ने २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता अर्थात ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन गर्नेछ ।

यस्तै, बैंकले १ हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन पेश गरेको छ । बैंकको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ ।