global ime bank Long Banner Ad

गृहपृष्ठ नुवाकोटमा थपिए चार हजारभन्दा बढी मतदाता

नुवाकोटमा थपिए चार हजारभन्दा बढी मतदाता

नुवाकोटमा थपिए चार हजारभन्दा बढी मतदाता

नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थपिएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनपश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।

आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली संकलन कार्य रोकिएको थियो । असार १ गतेदेखि साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी चार हजार पाँच सय ३७ ले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

थप भएकासहित नुवाकोटमा कूल मतदाताको संख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु