गृहपृष्ठ एनएमबि बैंकको संस्थापक सेयर बिक्री खुला
एनएमबि बैंकको संस्थापक सेयर बिक्री खुला
एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ६६ हजार ६ सय ३० कित्ता सेयर बिक्री गर्ने भएका हुन । जसमा संस्थापक भानुभक्त शर्माले १४ हजार ३ सय २५ कित्ता र विजय मान बहादुर फागुले आफ्नो नाममा रहेको ५२ हजार ३ सय ५ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यस्तै, सेयर खरिद गर्न इञ्छुक संस्थापकले ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रकाशित समय : १३:२५ बजे



















