गृहपृष्ठ प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डका भाञ्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान उनीहरीबीच ३ घन्टा वार्ता भएको हो । सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको स्रोतले बतायाे ।
सत्ता गठबन्धनमा सिट बाँडफाँडका विषयमा कसरी अघि बढ्ने भन्नेबारे उनीहरूबीच छलफल भएको थियो ।
प्रकाशित समय : १३:५३ बजे



















