global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

संघीय संसद्, राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

२००६ मा सिरहाको बस्तीपुरमा जन्मिएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएकोमा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ ।

स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य थिए ।

बैठकले स्व. गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनसमेत प्रकट गरेको छ । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु