गृहपृष्ठ नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
नेपाल फाइनान्सको सेयर लिलामी भर्ने सोमबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीको ११ लाख ३४ हजार ७ सय १६.१८७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।
यस्तै, लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
त्यसैगरी, यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
प्रकाशित समय : १२:२५ बजे



















