global ime bank Long Banner Ad

गृहपृष्ठ चेल्सी लिड्ससँग स्तब्ध

चेल्सी लिड्ससँग स्तब्ध

चेल्सी लिड्ससँग स्तब्ध

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको छ ।

लिड्सले चेल्सीलाई ३–० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक–एक गोल गरे ।

खेलको ३३औँ मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत् लिड्सको अग्रता दोब्बर पारे । यस्तै, ६९औँ मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे ।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २–० ले पराजित गरेको थियो । जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ ।

थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो । तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औँ स्थानमा छ ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु