global ime bank Long Banner Ad

गृहपृष्ठ शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने

शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने

शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने

शिवम् सिमेन्टको विशेष साधारणसभा भदौ १० गते हुने भएको छ ।

कम्पनीले विशेष प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न भदौ १० गते (शुक्रबार) विशेष साधारणसभा बस्ने भएको हो । विशेषसभा कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ । कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारणसभा बोलाएको हो ।

हाल कम्पनीको नियमावलीमा कुल सेयर संख्याको ६७ प्रतिशत रहेको गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१ प्रतिशत बनाउने प्रस्ताव सभामा पेश गरिने भएको छ ।

यस्तै, सञ्चालक समिति सदस्यको संख्या घटाउने प्रस्ताव पनि रहेको छ । हाल स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चालक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि भदौ २ गते बुक क्लोज गरेको छ । त्यसैले, भदौ १ गतेसम्म कायम रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु