global ime bank Long Banner Ad

गृहपृष्ठ ‘प्रदीप गिरिको शरीरका धेरै अंगले काम गर्न छाड्यो’

‘प्रदीप गिरिको शरीरका धेरै अंगले काम गर्न छाड्यो’

‘प्रदीप गिरिको शरीरका धेरै अंगले काम गर्न छाड्यो’

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । करिब एक महिनादेखि उनी ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका गिरिलाई निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भारती सिलवालले एक वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्राथना गर्न अपील गरेकी छन् । उनले जारी गरेको वक्तव्यमा निमोनिया बढेको र यसले शरीरका धेरै अंगहरु फेल भइरहेको बताएकी छन् । उनले गिरिको उपचारमा संलग्न रहेका चिकित्सकलाई पनि धन्यवाद दिएकी छन् ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्किएका गिरिमा अहिले न्युमोनिया अझ बढेर गएको छ । स्वासप्रस्वास प्रक्रिया सहज बनाउन बिहीबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको पारिवारिक बताइएकाे छ ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु