global ime bank Long Banner Ad

गृहपृष्ठ बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ : मन्त्री कार्की

बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ : मन्त्री कार्की

बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर-घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुरमा शनिबार नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर घर-घरमा रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित भएको बताए ।

देशमै रोजगारी नहुँदा युवाहरूले खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्नका लागि वर्तमान सरकार विभिन्न किसिमको कार्य गरिरहेको दाबी गरे । स्वदेशमै रोजगारीको सिर्जना नहुँदा युवाले जोखिमुक्त कामका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्नका लागि आफूले सक्दो पहल गर्ने विश्वास पनि दिलाए ।

नेपाली युवालाई उच्च तापक्रममा श्रम बेच्नुपर्ने बाध्यता रहेको बताउँदै उनले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मुलुकलाई विकसित तुल्याउनका लागि सबै मिलेर देशबाट बेरोजगार र गरिबीलाई अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताए । उनले अहिले मुलुक बेरोजगार र गरिबीको चपेटामा परेका कारणले त्यसलाई १० वर्षभित्रमा अन्त्य गरेर दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्न सरकारले चाहेको जानकारी दिए ।

बेरोजगारीको चपेटामा परेकाले भाषणमा मात्र नभई व्यवहारमा त्यसलाई अन्त्य गर्नका लागि चाहेको उल्लेख गर्दै समृद्ध देश निर्माणका लागि जुट्न सबैलाई अपिल गरे । सोही अवसरमा मन्त्री कार्कीले सुनसरी क्षेत्र नं. ४ को विभिन्न स्थानमा नेटवर्कको समस्या हुँदै आएको त्यसलाई समाधान गर्नका लागि नेटवर्क विस्तारको कार्य गर्दै त्यसको एक कार्यक्रमको बीच उद्घाटन गरे ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु